शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ –९ बाट अजयक्रान्तिले गरे उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १६ : २५
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौँ क्षेत्र नम्बर–९ वाट उम्मेदवारी दर्ता गरेका छन् । 

शाक्यले चन्द्रागिरी नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

शाक्यसँगै निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद केशव पोखरेललगायत पनि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत जिम्मेवारीमा रहेका शाक्य २०७४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–९ (क) बाट विजयी भएका थिए ।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपाध्यक्ष डिपी अर्याल, नेपाली कांग्रेसका तर्फबाट नानु बास्तोलालगायतले पनि मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप