शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अनफोल्डेड

चुनावमा कांग्रेसलाई मिलाएर अघि बढ्नुपर्ने चुनौतीमा गगन (भिडियो)

मङ्गलबार, ०६ माघ २०८२, १९ : ५७
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौं । मंगलबार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन भएसँगै मुलुक प्रतिनिधिसभा निर्वाचनको महासंग्राममा होमिएको छ । उम्मेदवारी दर्ताको संघारमै मुलुकको जेठो र ठुलो पार्टी कांग्रेसमा आएको फुटले निर्वाचन कार्यतालिका तलमाथि त हुने होइन भन्ने संशय पनि पैदा भएको थियो । 

तर निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्व पक्षलाई आधिकारिकता दिनु र पूर्वसभापति शेरबहादुर देउवा पक्षले त्यसविरुद्ध दिएको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्ने सर्वोच्चको निर्णयसँगै कांग्रेस औपचारिक रूपमा फुट्न पाएन । 

टिकट वितरणमा पनि देउवा पक्षका पटक-पटक दोहोरिएका र केही विवादित बाहेक अन्य उम्मेदवार बनाउने निर्णय संस्थापन पक्षले गरेको देखिन्छ । यद्यपि पार्टीभित्र पुरानो पुस्तासँग विद्रोह गरेर नयाँ सन्देश दिने कोसिस गरेका गगन-विश्वलाई कांग्रेसलाई चुनावमा एकढिक्का बनाएर लैजाने चुनौती भने उत्तिकै छ । 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप