टंकेश्वरबाट खैरो हेरोइन र साढे १२ लाख नगदसहित एक जना पक्राउ
सारांश
- कालिमाटीस्थित टंकेश्वरबाट प्रहरीले लागु औषध र नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले युवकको कोठाबाट खैरो हेरोइन, ट्रामाडोल र नगद १२ लाख ८१ हजार रुपैयाँ बरामद गरेको छ।
- पक्राउ परेका युवक लागु औषध कारोबारमा संलग्न रहेको र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित टंकेश्वरबाट प्रहरीले लागु औषध र ठुलो परिमाणको नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका–१३ टंकेश्वरमा लागु औषधको बिक्री वितरण र ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी वृत्त कालिमाटीको टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने ३० वर्षीय सुरोज नगरकोटीलाई पक्राउ गरेको हो।
नगरकोटीको डेरा कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा खैरो हेरोइन जस्तो देखिने ०.३७ ग्राम पदार्थ, ९ क्याप्सुल ट्रामाडोल र १२ लाख ८१ हजार रुपैयाँ नगद फेला परेको छ। प्रहरीले उनको कोठाबाट लागु औषध राख्न प्रयोग गरिने ४ थान स्टिलको बट्टा र एउटा आइफोनसमेत बरामद गरेको छ।
बरामद गरिएको मोबाइल चेकजाँच गर्दा लागु औषध कारोबारका विषयमा विभिन्न व्यक्तिहरूसँग म्यासेजमार्फत कुराकानी भएको प्रमाण समेत भेटिएको प्रहरीले जनाएको छ। नगद र लागु औषधसहित नियन्त्रणमा लिइएका नगरकोटीलाई हिरासतमा राखी प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण