स्याङ्जामा ६ स्वतन्त्रसहित १२ दलको उमेदवारी
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट ६ स्वतन्त्र सहित १२ राजनीतिक दलले उमेदवारी दर्ता गराएका छन् ।
६ स्वतन्त्र उमेदवार सहित १२ राजनीतिक दलका २२ जना उमेदवार चुनावी मैदानमा उत्रेका हुन् । दुई क्षेत्र रहेको स्याङ्जामा फागुन २१ गते हुने निर्वाचनका लागि २८ जना उमेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्याङ्जा क्षेत्र नम्बर १ बाट १३ जनाले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नम्बर २ बाट १५ जनाले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा २ जना स्वतन्त्र उमेदवार र क्षेत्र नम्बर २ मा ४ जना स्वतन्त्र उमेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । यो पटकको निर्वाचनमा उज्यालो पार्टी र श्रम संस्कृति पार्टीले समेत उमेदवारी दर्ता गराएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट मिनप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट भरतराज ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी, नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरेले उम्मेदवारी दिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुम बहादुर राना, नेशनल रिपब्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मंगोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङले मनोनयन दर्ता गरेका छन् । यो क्षेत्रमा अशोक बिष्ट र मनोज नेपाली दर्जीले स्वतन्त्र उम्मेदवारी दिए ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल, नेकपा एमालेबाट खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विक र प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट टिकाराम रेग्मीले उमेदवारका लागि मनोनयन दर्ता गरेका छन् ।
यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, जय मातृभुमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपब्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मंगोल नेशनल अर्गानाइजेसबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे र राष्ट्रिय प्रजान्तत्र पार्टीबाट रविन पाठकले पनि उम्मेदवारी दिए । दिलिप श्रेष्ठ, खिमबहादुर क्षेत्री, घनश्याम पाण्डे, सागर थापा मगरले स्वतन्त्र उम्मेदवारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण