प्रगतिशील लोकतान्त्रिक पार्टीका बुढाद्वारा डोल्पाबाट उम्मेदवारी
सारांश
- डोल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विकास बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
- बुढाले युवाको रोजाइको विकास र सुशासनलाई प्राथमिकता दिँदै 'माटोले खोजेको डोल्पाली, युवाले रोजेको विकास' नारा अघि सारेका छन्।
- उनले भ्रष्टाचारविरुद्ध कडा प्रहार गर्ने प्रतिबद्धता जनाउँदै मतदातासँग समर्थन मागेका छन्।
डोल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट विकास बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
समयसँगै धेरै परिवर्तन भए पनि राजनीतिक सोच र अभ्यास नबदलिएको उल्लेख गर्दै बुढाले मौन बसेर गुनासो मात्र गर्ने अवस्थाबाट बाहिर निस्केर जिम्मेवारी लिएर सुधारको बाटोमा हिँड्ने समय आएको बताएका छन्। उनले ‘परिवर्तन सम्भव छ र त्यो हामीबाटै सुरु गर्नुपर्छ’ भन्ने विश्वासका साथ निर्वाचनमा होमिएको बताए।
बुढाले डोल्पाली युवाले रोजेको विकास र सुशासन आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ‘माटोले खोजेको डोल्पाली, युवाले रोजेको विकास’ भन्ने नारासहित चुनावी अभियान अघि बढाउने बताएका छन्। भ्रष्टाचारविरुद्ध कडा प्रहार गर्ने प्रतिबद्धता जनाउँदै उनले मतदातासँग समर्थन र साथको अपिल गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘खुलेको आँखा’ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण