ट्रम्पको विमानमा प्राविधिक समस्या
बुधबार, ०७ माघ २०८२, १० : ४६
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान प्राविधिक समस्याका कारण एयरबेसमा फर्कन बाध्य भयो।
- उनी विश्व आर्थिक मञ्चमा भाग लिन स्विट्जरल्याण्डको डाभोस जाँदै थिए।
- ट्रम्प र उनको टोली अब अर्को विमानबाट डाभोस जाने बताइएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान प्राविधिक समस्याका कारण एयरबेसमा फर्कन बाध्य भएको छ । उनी विश्व आर्थिक मञ्चमा भाग लिन स्विट्जरल्याण्डको डाभोस जाँदै थिए ।
ट्रम्पको विमानले स्विट्जरल्याण्डका लागि उडान भरेको केही समयपछि एयरबेसमा फर्कनुपरेको ह्वाइट हाउसले बताएको भन्दै समाचार एजेन्सी एएफपीले जनाएकाे छ ।
ट्रम्प र उनको टोली अब अर्को विमानबाट डाभोस जाने बताइएको छ । समाचार एजेन्सी एपीले पनि यो समाचार पुष्टि गरेको छ ।
एउटा सानो विद्युतीय समस्याले एयरफोर्स वन वासिङ्टन फर्कन बाध्य भएको ह्वाइट हाउसले बताएको भन्दै एपीले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण