श्रीमतीको हत्या गरेर फरार भएका एक युवक पक्राउ
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया बिकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई पोखराको सिर्जना चोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रमेशलाई आज मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिए । पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।
प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरिरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । रमेशको साथबाट प्रहरीले घटनाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोबाइल, एनसेल र नेपाल टेलिकमको सिम बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण