डोर्याइँदै गरेको मोटरसाइकलले खुलायो चोरीको रहस्य, तीन जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको राधेमाइबाट प्रहरीले बुधबार चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नम्बर– १३ का साहिल कुमार रौनिया, श्यामबाबु ठाकुर र भारत पूर्वी चम्पारण घर भई हाल वीरगञ्ज १३ मा बस्दै आएका रोशनकुमार गुप्ता रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एउटा बीआर ०५ एक्यू ६९२४ नम्बरको भारतीय नम्बरको मोटरसाइकल र नम्बर नभएको दुई वटा मोटरसाइकल बरामद गरेको हो ।
पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
कसरी फेला पर्यो ‘चोर गिरोह’ ?
घटना यही ५ गते अर्थात् सोमबारको हो । यो दिन महानरको राधेमाइस्थित सडक खण्डमा साहिल रौनियार भारतीय नम्बर प्लेटको मोटरसाइकल डोर्याइ लगिरहेका थिए । रौनियारले उक्त मोटरसाइकल शंकास्पदरुपमा डोर्याउँदै लगेपछि प्रहरीलाई शङ्का लाग्यो ।
प्रहरी प्रमुख पाठकका अनुसार त्यसपछि प्रहरीले सो भारतीय नम्बरको मोटरसाइकल जाँच गर्न थाल्यो ।
उनले भने, ‘त्यो क्रममा उक्त मोटरसाइकलमा साँचो नरहेको, तार काटिएको र नम्बर प्लेट नभएको अवस्थामा भेटियो । शङ्कास्पद अवस्थामा मोटरसाइकल फेला परेपछि हामीले थप अनुसन्धान चलायो ।’
सोही क्रममा अनुसन्धान गर्दै जाँदा बेच्नका लागि रेडि पारिएका थप दुई वटा मोटरसाइकल फेला परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिमध्ये तीन/तीन जनाको नाम टुंगियो
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण