विद्युतको जागिर छाडेर राउतसँग भिड्दै चौधरी
काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले पदबाट राजीनामा दिएर साथ दिएका छन् ।
डा.दीपक चौधरीले प्राधिकरणबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । चौधरी उनेपाको तर्फबाट सप्तरी–२ मा उम्मेदवार बनेका छन् । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पनि चुनावी प्रतिस्पर्धामा छन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेतृत्व विकासमा विद्यावारिधि गरेका चौधरीलाई उनेपाले प्राधिकरणको प्रबन्धक पदबाट राजीनामा दिन लगाएर यहाँ टिकट थमाएको हो ।
सप्तरी राजविराज–१३ विषहरिया निवासी ५२ वर्षीया चौधरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान तथा मधेस आन्दोलन र मधेसको अवस्थाबारे विभिन्न पुस्तक प्रकाशन गर्नुको साथै लेख, रचनाहरू पनि प्रकाशित गरेका छन् । उनेपाका केन्द्रीय सदस्य चौधरीले आफू राजनीतिमा अवसरका लागि नभई अवसर त्यागेर आएको बताएका छन् । 'जसरी कुलमानले देश विकासका लागि आफ्ना सबै अवसर त्यागेर लागेका छन्, त्यसरी म पनि आफ्ना सम्पूर्ण अवसर छाडेर जनताको सेवामा लागेको हो,' उनले भने ।
सप्तरीबाट ठुला ठुला नेताहरूले जन्म लिएका, यहाँ विभिन्न क्रान्तिहरू भएका, तर यहाँको विकासमा कसैले ध्यान नदिएको उनले दाबी गरेका छन् । र आफू विकासको एजेन्डा लिएर जनतामा आएको पनि उनले प्रस्ट्याएका छन् ।
विगतमा यो क्षेत्रले गजेन्द्रनारायण, उपेन्द्र यादव, डा.सीके राउतजस्ता नेतालाई जिताइसकेको तर सप्तरी जस्ताको त्यस्तै रहेको उनले बताए । नेपालकै सबभन्दा राम्रो सहर राजविराज बनाउ प्लानिङ पनि राजविराजको अवस्था सबैसामु छर्लङ्ग भएको उनले बताए । 'उपेन्द्र यादवपछि यहाँका जनताले राउतलाई चान्स दिएका हुन्, राउतले भने काम गर्न सकेनन्,' उनले भने, 'सप्तरीमा विकास र परिवर्तन चाहिन्छ भने नयाँ ढंगले सोच्नुपर्छ ।'
अब कुलमानको नेतृत्वमा देशलाई सही ट्रयाकमा लैजाने प्रयास हुने पनि उनले बताए । नेपाललाई उज्यालो बनाउन भ्रष्टाचारमुक्त न्यायिक समाजको निर्माण गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले देश बन्न सही व्यक्तिको चयन आवश्यक रहेको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण