राष्ट्रिय लिग खेलिरहेका चित्लाङ र नव जनजागृतिलाई स्पार्क हेल्थ होमको साथ
बिहीबार, ०८ माघ २०८२, १९ : २०
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी दुई क्लब, चित्लाङ एफसी र नव जनजागृति क्लबले स्पार्क हेल्थ होमसँग सहकार्य गरेका छन् ।
बिहीबार आयोजित एक कार्यक्रममा स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारी, चित्लाङ एफसीका अध्यक्ष सुगन तन्दुकार र नव जनजागृति क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार, स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर दुवै क्लबका कुनै पनि खेलाडी घाइते भएमा उनीहरूको निःशुल्क उपचार गर्नेछ ।
साथै, प्रतियोगिताका खेलहरू दौरान क्लबका लागि फिजियोथेरापिस्ट पनि उपलब्ध गराउनेछ । यो सम्झौता राष्ट्रिय लिग अवधिभर कायम रहनेछ ।
स्पार्क हेल्थ होमका निर्देशक अधिकारीले आवश्यक परेमा आगामी प्रतियोगिताहरूमा पनि यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण