सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सर्लाहीमा १५८ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रुपमा राखिएको छ ।
यहाँ रहेका चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थल तोकिएको थियो । त्यसमध्ये १३१ संवेदनशील र २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको हो ।
जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सबै मतदानस्थलको अनुगमनपछि तीन समूहमा वर्गीकरण गरिएको हो ।
निर्वाचन सुरक्षा रणनीति तयार गर्ने उद्देश्यसहित तयार पारिएको समूहअनुसार मतदानस्थलको सुरक्षा व्यवस्था सोहीअनुसार गरिने उनले बताए ।
अनुगमनका क्रममा यहाँको सामाजिक, राजनीतिक, भौगोलिक तथा सीमावर्ती क्षेत्रका जोखिमलाई मूल्याङ्कन गरिएको प्रजिअ रामुराज कडरियाको भनाइ छ ।
सुरक्षा समितिको सिफारिसमा यसपटक केही मतदानस्थल र केन्द्र हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए । आसन्न निर्वाचनमा सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना गरिने ६२८ मतदान केन्द्रमार्फत आफ्नो मत जाहेर गर्नेछन् ।
निर्वाचन कार्यालयका सर्लाहीका अनुसार क्षेत्र नं १, मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । यहाँ ७८ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नं २, मा एक लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ मतदान केन्द्र तय भएको छ ।
यस्तै क्षेत्र नं ३, मा एक लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ मतदान केन्द्र स्थापना गरिने भएको छ भने ४ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २१ हजार १२ जना मतदाताका लागि ८१ मतदानस्थलमा १५४ वटा केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए ।
आसन्न निर्वाचनमा सर्लाहीबाट दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन् । विसं २०७९ को निर्वाचनपछि सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण