सरस्वती पूजाको नाममा विकृति नफैलाउन धनुषा प्रशासनको आग्रह
बिहीबार, ०८ माघ २०८२, २० : ४३
जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले सरस्वती पूजाका नाममा विकृति नफैलाउन आग्रह गरेको छ।
बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै सरस्वती पूजाको नाममा समाजमा विशुद्ध सांस्कृतिक कार्यक्रमबाहेक विकृति फैलाउने कुनै पनि गतिविधि नगर्न तथा नगराउन आग्रह गरेकाे हो।
सूचनामा डिजेमा भाेजपुरी गीत बजाई मादक तथा नशालु पदार्थ सेवन गरी नाचगान गर्ने, कसैको इच्छा विपरीत जबरजस्ती अबिर लगाउने तथा हैरानी गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।
यस्ता किसिमका क्रियाकलाप गरिएको पाइएमा कारबाही हुने समेत जारी सूचनामा उल्लेख गरिएको छ ।
सरस्वती पूजा शुक्रबार मनाइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण