छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
सारांश
- मकवानपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- हेटौँडा-काठमाडौँ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भयो।
- विद्युतको ट्रान्समिटर बनाउने क्रममा करेन्ट लाग्दा एक कामदारको मृत्यु भयो।
हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डअन्तर्गत मकवानपुरको बकैयाँ गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्कीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
जितपुरको भञ्ज्याङबाट ठिङ्गनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०९५२ नम्बरको ट्रक र मधेस प्रदेश ०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् ।
यस्तै, हेटौँडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर विद्युतको ट्रान्समिटर बनाउने कामदारको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार विद्युतको ट्रान्समिटर बनाउने क्रममा करेन्ट लागेर मनहरी गाउँपालिका–५ वसन्तपुरका २७ वर्षीय आदर्श भट्टराईको मृत्यु भएको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण