अर्घाखाँचीमा एउटै वडाका चार जना उम्मेदवार
शुक्रबार, ०९ माघ २०८२, ०४ : ३८
सारांश
- अर्घाखाँचीमा फागुन २१ गते हुने निर्वाचनका लागि एउटै वडाका चार जनाले उम्मेदवारी दिएका छन्।
- एमाले, माओवादी, र स्वतन्त्रबाट उम्मेदवारहरू एउटै वडाका हुन्।
- कांग्रेसबाट विष्णुप्रसाद खनाल र अन्य १५ जनाले पनि उम्मेदवारी दिएका छन्।
अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका–५ बागीका चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पिताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका–५ बागी एउटै गाउँका हुन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका–४ खनकाका बासिन्दा हुन् । मालारानी गाउँपालिकाका पाँच जना उम्मेदवार छन् । अर्घाखाँचीमा विभिन्न पार्टी र स्वतन्त्र गरी एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण