बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ र ललितपुरका दुई डेरामा चोरी

शुक्रबार, ०९ माघ २०८२, १४ : २३
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • काठमाडौं र ललितपुरका दुई डेराबाट करिब तीन लाख बराबरको धनमाल चोरी भएको छ।
  • बुढानिलकण्ठबाट सुनका गहना र नगदसहित १ लाख ९५ हजारको चोरी भएको छ।
  • ललितपुरबाट सुनको सिक्री र नगद सहित १ लाख ४ हजारको चोरी भएको हो।

काठमाडौँ । काठमाडौँ र ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा रहेका डेराबाट करिब तीन लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। 

बिहीबार दिउँसो काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित सुमिना कार्कीको कोठाबाट सुनका गरगहना र नगदसहित करिब १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। झापा कमल गाउँपालिका–८ घर भई हाल गल्फुटारमा डेरा गरी बस्ने कार्कीको कोठामा कोही नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ।

त्यसैगरी ललितपुर महानगरपालिका–९ भोल ढोकास्थित अर्को एक डेराबाट पनि चोरी भएको छ। महाङ्काल गाउँपालिका–२ घर भई हाल भोल ढोकामा बस्ने सुमिना तामाङको कोठाबाट सुनको सिक्री र नगद गरी १ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। तामाङको कोठामा बिहीबार बिहानै चोरी भएको जानकारी प्राप्त भएको छ।

प्रहरीले दुवै घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ। चोरी भएका स्थानमा अनुसन्धान गर्नुका साथै शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप