भावी प्रधानमन्त्रीमा गगन थापालाई अघि सारे पछि महामन्त्री पौडेलले भने– देश परिवर्तनको यात्रामा सँगै सहकार्य गरौँ
सारांश
- प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आह्वान गरे।
- उनले विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको र गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताए।
- पौडेलले परिवर्तित कांग्रेसले देश परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताको साथ खोजे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गरेका छन् ।
पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे लगत्तै सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले आम कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको भन्दै अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैमा अपिल गरेका हुन् ।
नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रूपान्तरणको विषयलाई पैरवी गरिरह्यौँ । हामीले नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरू निरन्तर उठाइरह्यौँ । आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ,’ उनले भने,‘हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन । देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौँ ।’
आम नेपाली कांग्रेसका साथीहरू र मतदाताहरूको चाहना बमोजिम नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात् हामीले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने,‘मलाई विश्वास छ देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुनेछ ।’
परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उल्लेख गर्दै उनले देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास गरे ।
‘जसको नीति त्यसकै नेतृत्व हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन्, ‘त्यसअनुसार कांग्रेसलाई नीतिगत पक्षबाट बदल्ने, नेतृत्वगत पक्षबाट बदल्ने र दुवै पक्षबाट बदलिएको कांग्रेसले देश बदल्ने अठोटमा यहाँहरूको साथ रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण