कर्णाली प्रदेशका ६ जनाले लिए उम्मेदवारी फिर्ता
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कालिकोट, हुम्ला र सल्यानका गरी ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जसअन्तर्गत सबैभन्दा धेरै कालिकोटबाट चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसबाट वागी उम्मेदवारी दिएका भूपेन्द्रजङ शाही, नेपाली कम्यनिष्ट पार्टीका वागी उम्मेदवार जीवन बूढा, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र देशभक्त पार्टीका प्रेमसिंह तिरुवा रहेको मुख्य निर्वाचन कार्यालय कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार कालिकोटमा १४ जनाले उम्मेदवारी दिएका थिए । अब १० जना उम्मेदवार कायम भएका छन् । हुम्लाबाट मितेरी नेपाल पार्टीका जयबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । हुम्लामा अब सात जना उम्मेदवार कायम भएका छन् ।
सल्यानमा १६ जनाले उम्मेदवारी दर्ता गरेकामा आम जनता पार्टीका उम्मेदवार मानसिंह विकले उम्मेदवारी फिर्ता लिएका छन् । सल्यानमा अब १५ जना उम्मेदवार कायम भएका छन् । अन्य जिल्लाबाट भने कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।
जसअन्तर्गत जाजरकोटमा ११ जना उम्मेदवार मैदानमा उत्रिँदा, जुम्लामा एकजना स्वतन्त्रसहित १० जना, डोल्पामा एक जना स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी कायम भएको छ ।
मुगुमा सात जना उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् भने दुई वटा क्षेत्र रहेको सुर्खेतमा ३० जना उम्मेदवार मैदानमा छन् । सुर्खेत क्षेत्र नम्बर १ मा १३ जना र क्षेत्र नम्बर २ बाट १७ जना उम्मेदवारी कायम भएको छ ।
दैलेख क्षेत्र नम्बर १ मा १० जना तथा क्षेत्र नम्बर २ मा ११ जनाको उम्मेदवारी रहँदा रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी कायम भएको छ । योसँगै कर्णालीमा १३२ जनाको उम्मेदवारी कायम भएको छ । कर्णालीमा १२ क्षेत्र रहेका छन् ।
---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण