आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

आइतबार, ११ माघ २०८२, ०० : १२
आइतबार, ११ माघ २०८२

सारांश

  • इटहरीमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो।
  • दुर्घटनामा ४५ वर्षीय पूर्णप्रसाद राईको मृत्यु भएको हो।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

सुनसरी । इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ०१–००४क ३१८१ नम्बरको ट्रकले ठक्कर दिँदा इटहरी–४ का साइकल यात्री ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।

चालकलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थेवेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप