आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन्  सरकारी रकम नतिर्ने ५२ जना (सूची)

सरकारी बाँकी नतिरे अब सम्पत्ति नै जफत हुने, ३५ दिने अल्टिमेटम
आइतबार, ११ माघ २०८२, ०९ : ५९
आइतबार, ११ माघ २०८२

सारांश

  • महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिर्नेहरूलाई कडा चेतावनी दिएको छ।
  • कार्यालयले ऋणीहरूको चल-अचल सम्पत्ति रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया थालेको छ।
  • ३५ दिनभित्र सम्पर्कमा नआए सम्पत्तिमा दाबी गरिने र ब्याज नबुझाए कानुनी कारबाही हुनेछ।

काठमाडौँ । सरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल–अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।

बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ । यसअघि पनि वेबसाइटमार्फत नाम सार्वजनिक गरिएको र उपस्थित हुन आग्रह गरिएको भए तापनि ऋणीहरूले बेवास्ता गरेपछि कार्यालय कडा रूपमा प्रस्तुत भएको हो ।

सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने साँवा तथा नियमानुसारको ब्याज नबुझाएमा प्रचलित कानुनबमोजिम सम्पत्ति दाबी गरिनेछ । यसरी सरकारी बाँकी असुल गर्दा सम्बन्धित व्यक्तिको आर्थिक वा सामाजिक प्रतिष्ठामा पुग्ने क्षतिप्रति कार्यालय जिम्मेवार नहुने समेत स्पष्ट पारिएको छ ।

लामो समयदेखि सरकारी बक्यौता नतिर्नेहरूको सूची लामो भएपछि सरकारले कडाइ गर्न थालेको देखिन्छ । तोकिएको समय सीमाभित्र फरफारक नगर्नेहरूको हकमा कानुनी कारबाहीको प्रक्रिया तत्कालै अघि बढ्ने कार्यालयले जनाएको छ ।

618937279_1570726740806088_1458864902147776619_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप