सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी
सारांश
- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी भए।
- भण्डारीले ३ हजार ९८४ मतभार र खातीले ३ हजार ९ सय ६९ मतभार प्राप्त गरेर चुनाव जिते।
- निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुखको १९ मतभार निर्धारण गरिएको थियो।
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरिन्।
यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो।
कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए । चार जनाले भने मतदान गरेनन्।
मतदान नगर्नेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।
महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच गठबन्धन रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण