काठमाडौँ–३ मा कांग्रेसका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता उनेपामा प्रवेश
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता उज्यालो नेपाल पार्टी(उनेपा) मा प्रवेश गरेका छन् ।
आइतबार उनीहरूलाई उनेपाका अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गरे । बौद्ध तीनचुली निवासी, नेपाली कांग्रेसमा विगत करिब ३० वर्षदेखि सक्रिय रहँदै आएका पूर्व पर्यटन विभाग केन्द्रीय सदस्य इन्द्र लामा ,कागेश्वरी मनहरा–१ का बागवीर लामासहित कांग्रेसका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता उनेपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्र लामाले अब देशको नेतृत्व गर्न सक्ने स्पष्ट र सक्षम नेतृत्व कुलमान घिसिङ र उज्यालो नेपाल पार्टी सँग मात्र रहेको बताए ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले लामो समयदेखि स्थापित पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे ।
उनले अब देशको नेतृत्व गर्ने स्पष्ट उद्देश्यसहित उज्यालो नेपाल पार्टी स्थापना गरिएको उल्लेख गर्दै जनताको भरोसा र विश्वासले आफूहरू थप अनुभवी र जिम्मेवार बन्दै गएको बताए ।
घिसिङले आगामी दिनमा अझ धेरै नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा जोडिने विश्वास व्यक्त गर्दै देशलाई उज्यालो बनाउने अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण