पोखरामा मौरीपालनको लहर : वार्षिक ९० टन मह उत्पादन, २ हजारभन्दा बढी नागरिक स्वरोजगार
पोखरा । पर्यटकीय नगरी पोखरामा मौरीपालन व्यवसायतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। पोखरा महानगरपालिका कृषि विकास शाखाका अनुसार हाल महानगर क्षेत्रभित्र मात्रै दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा मौरीपालन व्यवसायमा जोडिएका छन्। विशेष गरी महानगरका वडा नम्बर १६, १८, २०, २३, २६, २८, ३० र ३३ मा यो व्यवसाय व्यावसायिक रूपमै फस्टाउँदै गएको छ।
पोखरामा हाल वार्षिक करिब ९० टन मह उत्पादन भइरहेको छ र यो क्रम बर्सेनि बढ्दो छ। बजारमा महको माग उच्च रहेकाले किसानहरूलाई बिक्रीका लागि कुनै समस्या छैन। महानगरभित्रका अधिकांश किसानले रैथाने 'सेरेना' जातको मौरी पाल्ने गरेका छन्। मौरीपालनले मह मात्र नभई परागसेचनमार्फत अन्य कृषिजन्य बालीको उत्पादन बढाउन समेत ठूलो भूमिका खेलेको कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताउँछन्।
मौरीपालनलाई अझ व्यवस्थित र आधुनिक बनाउन महानगरले तालिमका कार्यक्रमहरूलाई पनि तीव्रता दिएको छ। यसैक्रममा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा महानगरको समन्वयमा आइतबारदेखि ६५ दिने 'मौरीपालक तह–१' तालिम सुरु भएको छ। पोखरा–२६ को लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा सुरु भएको यस विशेष तालिममा महानगरका २० जना अगुवा किसान सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण