बक्स अफिसमा ४ नेपाली फिल्मको कमाई कति ?
काठमाडौँ । मरिचमान श्रेष्ठ निर्देशित फिल्म ‘गोबर गणेश’ले १ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो साताको बक्सअफिस रिपोटमा गोबर गणेशको आम्दानी १ करोड १४ लाख ३५ हजार २०६ रुपैयाँ ग्रस रहेको छ ।
सोही अवधिसम्म फिल्मका ४० हजार २३४ वटा टिकट बिकेका छन् । सिनेपाः बक्स अफिसमा रेकर्ड भएका रिलिज फिल्मका शनिबार अर्थात् १० माघसम्मको कमाइ सार्वजनिक गरिएको हो ।
जसमा अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ले १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ ग्रस कमाएको छ । यसका ३९ हजार २१७ टिकट बिकेका छन् ।
निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’ ले भने थोरै ३४ लाख ५३ हजार ७६० रुपैयाँ ग्रस कमाएको छ । यसको १० हजार ६०५ मात्र टिकट बिकेको छ । याम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे ले ३३ लाख ७२ हजार ७१५ रुपैयाँ कमाएको छ । फिल्मको टिकट १० हजार ८१३ वटा टिकट बिकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण