बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

खराब फिल्डिङसँगै साझेदारी पनि राम्रो गर्न सकेनौं : सीता राना मगर

सोमबार, १२ माघ २०८२, १६ : ०९
सोमबार, १२ माघ २०८२

काठमाडानैँ । नेपालकी सीता राना मगरले खराब फिल्डिङ र ब्याटिङमा साझेदारी बन्न नसक्दा आइसिसी महिला टी विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग फराकिलो हार सामना गर्नुपरेको बताएकी छन् ।

कीर्तिपुरमा भएको खेलमा नेपाल सोमवार स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भयो ।

यससँगै नेपालकी अनुभवी खेलाडी सीताले फिल्डिङमा लगातार गल्ती गर्दा स्कटल्यान्डलाई सामान्य योगफलमा रोक्न असफल भएको बताइन् । यो पिचमा १२० रनको लक्ष्य धेरै कम रहेको उल्लेख गर्दै कम योगफलमा रोक्ने देखिए पनि फिल्डिङमा गल्ती भएको उनको भनाइ छ ।

फिल्डरले नै लगातार ३/४ वटा चौका रोक्न असफल भएको उनले उल्लेख गरिन् । पूजा महतो आउट भएपछि नै कप्तान इन्दु बर्मा घाइते हुनु र आफ्नो विकेट पनि पतन हुँदा खेलले टर्निङ पोइन्ट बनेको उनी बताउँछिन् ।

पूजा र इन्दु बाहिरिएपछि आफूहरूले इनिङ समाल्न नसकेको उनको भनाइ छ । सिनियर खेलाडीले साझेदारी बनाउन नसकेको सीताको भनाइ छ ।

सीताले लक्ष्य ठूलो भएपछि छिटै चेज गर्ने उद्देश्य रहेकाले पनि दबाब भएको बताइन् । सुपर सिक्समा पुग्न नसके पनि समग्रमा छनोट राम्रो बनेको उनको भनाइ छ । जिम्बाब्वे जस्तो टिमलाई हराउनु पनि सुखद पक्ष रहेको उनी बताउँछिन् ।

यो टिमसँग अभैm आफ्नो करियर अगाढि बढ्ने सीताको विश्वास छ । छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक हर्षल पाठक पनि ढिलो आउँदा तयारी अभैm राम्रो हुन नसकेको उनको भनाइ छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप