आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

खोटाङको बंशिलाघाटमा बेलिवृज जडान हुँदै

सोमबार, १२ माघ २०८२, १७ : ३३
सोमबार, १२ माघ २०८२

काठमाडौँ । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । 

दुई जिल्लाको बिचमा पर्ने वंशिलाघाटमा सुनकोशी नदीमाथि  पहिलो पटक बेलिब्रिज राख्ने कार्य भइरहेको छ । 

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा मंसिरबाट बेलिब्रिज जडान सुरु गरिएको थियो । 

५१.८१ मिटर लामो र ४.१ मिटर चौडाइ भएको बेलिब्रिज छिट्टै जडान सम्पन्न गर्ने गरी काम भइरहेको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । 

गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपियाँमा बेलिब्रिज जडान गर्ने गरी कामको जिम्मा लिएको थियो । नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी सम्झौता गरिएको छ ।

अहिले बेलिब्रिज जडान गर्न लागिएको ठाउँमा मोटरेवल पक्की पुल निर्माणका लागि  १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँ लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिर–१ मा कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो । 

पुल निर्माणमा चरम ढिलासुस्ती भएपछि स्थानीयको माग अनुसार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राखन थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप