निर्वाचन परिचालन समिति र प्रचारप्रसार समिति गठनको तयारीमा कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन समिति र प्रचारप्रसार समिति गठनको तयारी तीव्र बनाएको छ ।
उपसभापति विश्व प्रकाश शर्माले निर्वाचन परिचालन समिति बनाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा दिनौ जसो छलफल गरिरहेका छन् । त्यस्तै प्रवक्ता देवराज चालिसेले प्रचार प्रसार समिति बनाउन पार्टी केन्द्रीय कार्यालयमा दिनौँ जसो अनौपचारिक छलफल गरिरहेका छन् ।
एक दुई दिनमै निर्वाचन परिचालन समिति र प्रचारप्रसार समिति गठन गरिने सह महामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन् ।
“निर्वाचन परिचालन समितिको गठनका लागि उपसभापति विश्व प्रकाश शर्माले र प्रचारप्रसार समितिको गठनका लागि प्रवक्ता देवराज चालिसेले अनौपचारिक छलफल गरिरहनु भएको छ । एक दुई दिनमा गठन हुन्छ,“ सहमहामन्त्री डाक्टर संग्रौलाले रातोपाटीसँग भनिन् ।
सभापति गगन थापाले निर्वाचन परिचालन समिति का सदस्यहरू चयन गर्न उपसभापति शर्मालाई र प्रचारप्रसार समितिका सदस्यहरू चयन गर्न प्रवक्ता चालिसेलाई सरोकारवाला निकायहरूसँग छलफल गर्न अख्तियारी दिएका छन् । उनीहरुले छलफलबाट तयारी गरेको नामलाई केन्द्रीय समिति वा कार्यसम्पादन समितिबाट पारित गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण