हिमाल आरोही मिङ्मा शेर्पा रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार
संखुवासभा । विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका मिङ्मा शेर्पा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हुन् । ‘काम गरेर देखाउने राजनीति’को सङ्कल्पसहित सङ्खुवासभाबाट उनी उम्मेदवार बनेका हुन् ।
सङ्खुवासभाका जनताको आवाज संसद्मा बलियोसँग उठाउने र विकास, रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राख्ने उनी बताउँछन् । देशको भविष्य निर्माणमा आफू लागि पर्ने उनले बताए ।
इमानदार राजनीति, जवाफदेही नेतृत्व र काम गर्ने संस्कार नै रास्वपा र आफ्नो पहिचान भएको उनी बताउँछन् ।मकालु गाउँपालिका–१, बालुङमा जन्मिएका शेर्पा साधारण गाउँबाट विश्वको सर्वोच्च शिखरसम्म पुगेका व्यक्तित्व हुन् ।
नेपालको सबैभन्दा ठुलो ट्रेकिङ तथा आरोहण कम्पनी सेभेन समिट ट्रेक्स प्रा.लि. का अध्यक्षका रूपमा उनले हजारौँ नेपालीलाई रोजगारी दिँदै पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा ठोस योगदान पुर्याएका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण