शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हिमाल आरोही मिङ्मा शेर्पा रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार

सोमबार, १२ माघ २०८२, १८ : ३१
सोमबार, १२ माघ २०८२

संखुवासभा । विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका मिङ्मा शेर्पा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । 

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हुन् । ‘काम गरेर देखाउने राजनीति’को सङ्कल्पसहित सङ्खुवासभाबाट उनी उम्मेदवार बनेका हुन् । 

सङ्खुवासभाका जनताको आवाज संसद्‌मा बलियोसँग उठाउने र विकास, रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राख्ने उनी बताउँछन् । देशको भविष्य निर्माणमा आफू लागि पर्ने उनले बताए । 

इमानदार राजनीति, जवाफदेही नेतृत्व र काम गर्ने संस्कार नै रास्वपा र आफ्नो पहिचान भएको उनी बताउँछन् ।मकालु गाउँपालिका–१, बालुङमा जन्मिएका शेर्पा साधारण गाउँबाट विश्वको सर्वोच्च शिखरसम्म पुगेका व्यक्तित्व हुन् ।

नेपालको सबैभन्दा ठुलो ट्रेकिङ तथा आरोहण कम्पनी सेभेन समिट ट्रेक्स प्रा.लि. का अध्यक्षका रूपमा उनले हजारौँ नेपालीलाई रोजगारी दिँदै पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा ठोस योगदान पुर्‍याएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप