अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्याउने घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित कोरियाली सामानहरूमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले सोमबार कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको बताएका हुन् ।
अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ र अमेरिकाबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने कुरा थियो । जुन ट्रम्पले पहिले धम्की दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो । यसको बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण