सर्लाही-४ मा गगन थापाले भने- 'दुई लाइन रटेर स्थानीय भाषाको नाटक गर्दिनँ'
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नआएको भन्दै यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताएका छन्।
मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाही-४ का उम्मेदवार समेत रहेका थापाले आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने पाहुना नेता नबन्ने स्पष्ट पारे।
थापाले अन्य नेताहरू जस्तो चुनावका बेला हतारमा आउने, फोटो खिच्ने, हात हल्लाएर औपचारिकता निभाउने र पछि छु–मन्तर भएर हराउने प्रवृत्ति आफूमा नभएको जिकिर गरे। उनले आफूलाई कार्यकर्ताहरूले सम्बोधनका क्रममा स्थानीय भाषाका दुई–चार शब्द बोल्न सुझाव दिएको बताए । तर उनले केवल ताली पाउनका लागि मात्र आफूले 'नाटक' नगर्ने बताए।
'मलाई साथीहरूले यहाँको भाषामा दुई लाइन बोल्नुपर्छ भन्नुभयो, तर म रातभरि रटेर एकछिनका लागि यहाँको भाषा बोलेको जस्तो गर्न चाहन्न,' थापाले भने, 'म यहाँको जनप्रतिनिधि भइसकेपछि ६ महिना वा एक वर्ष लागोस्, म यहाँको भाषा सिकेर, सबैलाई नामले चिनेर फरर भाषण गर्ने हैसियत बनाएरै छाड्छु।'
उनले आफू काठमाडौंको सांसद हुँदा गैर–नेवार भएर पनि त्यहाँको नेवार समुदायको संस्कृति, जात्रा र पर्वमा घुलमिल भएर विश्वास जितेका स्मरण गर्दै त्यसरी नै सर्लाहीको समुदायले पनि आफूलाई आफ्नो मान्छे ठानेर स्वीकार गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।
आफू नौटङ्की र चटके कुरा गर्न नजान्ने भन्दै थापाले सर्लाही–४ का जनताको जिम्मेवार साथी, भाइ वा छोरा बनेर काम गर्ने बताए। उनले आफू तीन दिनसम्म सोही क्षेत्रमा बस्ने, त्यसपछि काठमाडौं गएर पार्टीको काम सकेर पुनः फर्कने र सकेसम्म धेरै समय जनताको घरदैलोमा बिताउने योजना सुनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण