फलेवासबाट एक वर्षमै ५२५ जनाको बसाइँसराइ
मङ्गलबार, १३ माघ २०८२, ११ : ३८
पर्वत। पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमा पाँच सय २५ जनाले बसाइँसराइ गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा ११ वडाका एक सय ५३ घरपरिवारका ५२५ जना नगरबाहिर सरेका हुन् ।
नगरपालिकाका पञ्जीकाधिकारी ऋषिराम शर्माका अनुसार सोही अवधिमा ३३ जना मात्र नगरमा फर्किएका छन् । फलेवास–११ बाट सबैभन्दा धेरै र वडा नं ५ खानीगाउँबाट सबैभन्दा कम बसाइँसराइ भएको छ ।
नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले निर्वाचन वर्ष, सेवा–सुविधा र रोजगारीको खोजीका कारण बसाइँसराइ बढेको बताए । शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीको अभावले बस्ती रित्तिँदै जान थालेको स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
बसाइँ सरेका अधिकांश पोखरा, काठमाडौँ, चितवन र बुटवल गएको नगरपालिकाले जनाएको छ । २४ हजार ६७८ जनसङ्ख्या रहेको नगरपालिकाबाट बर्सेनि बसाइँसराइको दर बढ्दै गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण