मानवता विरुद्धको अपराध आरोपमा दुतेर्तेले आईसीसीमा मुद्दा सामना गर्न सक्ने
मनिला । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दा सामना गर्न सक्षम रहेको ठहर गरेको छ । अदालतले आगामी फेब्रुअरी २३ मा ‘कन्फर्मेसन अफ चार्जेस’ सुनुवाइ तोकेको छ, जसमा अभियोजन पक्षका आरोप मुद्दा चलाउन पर्याप्त छन् वा छैनन् भन्ने निर्णय गरिनेछ ।
८० वर्षीय दुतेर्तेका वकिलहरूले स्वास्थ्य कारण देखाउँदै उनलाई अदालत प्रक्रियामा सहभागी हुन अयोग्य दाबी गरे पनि आईसीसीले चिकित्सकहरूको विशेषज्ञ टोलीको रायका आधारमा उक्त दाबी अस्वीकार गरेको हो । अदालतले न्यायोचित सुनुवाइका लागि मानसिक क्षमता सर्वोच्च स्तरमै हुनैपर्छ भन्ने नहुने स्पष्ट पारेको छ ।
दुतेर्तेमाथि राष्ट्रपति रहँदा ‘लागूऔषधविरुद्धको युद्ध’का नाममा व्यापक मानवअधिकार उल्लंघन भएको आरोप छ । सन् २०१६ देखि २०२२ सम्मको कार्यकालमा हजारौँ साना व्यापारी, प्रयोगकर्ता र सर्वसाधारणलाई बिना मुद्दा हत्या गराएको अभियोग उनीमाथि लगाइएको छ । यद्यपि दुतेर्तेले उक्त अभियानले शान्ति–सुरक्षा र आर्थिक विकासको आधार तयार गरेको दाबी गर्दै आएका छन् ।
दुतेर्तेलाई सन् २०२५ को मार्चमा मनिला विमानस्थलबाट पक्राउ गरी नेदरल्यान्ड्सको हेगस्थित आईसीसीमा पठाइएको थियो । उनको पक्राउपछि फिलिपिन्समा तीव्र बहस सुरु भएको छ । मानवअधिकारकर्मीहरूले न्यायको पक्षमा आवाज उठाइरहेका छन् भने समर्थकहरूले उनलाई जनमतको प्रतिनिधि नेताका रूपमा हेर्ने गरेका छन् ।
कारागारमै रहँदा पनि दुतेर्ते गत वर्ष दाभाओ सहरको मेयर निर्वाचित भएका थिए । उनकी छोरी तथा वर्तमान उपराष्ट्रपति सारा दुतेर्ते सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण