मिनेसोटा हत्या प्रकरण : ह्वाइट हाउसले देखायो पछि हट्ने संकेत
वासिङटन डीसी । मिनेसोटामा संघीय आप्रवासन एजेन्टको कारबाहीका क्रममा एलेक्स प्रेट्टीको मृत्यु भएपछिको बढ्दो आलोचना सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि हट्ने संकेत देखाएका छन् । सोमबार ट्रम्प प्रशासनले स्थानीय कारबाहीको नेतृत्व गरिरहेका अधिकारीलाई हटाउँदै राज्यका डेमोक्रेटिक निर्वाचित प्रतिनिधिसँग सहकार्य गर्न तयार रहेको सन्देश दिएको हो ।
यी कदमहरू प्रेट्टी हत्या प्रकरण र उनलाई प्रारम्भिक चरणमै घरेलु आतंकवादीका रूपमा गलत चित्रण गरिएको विषयपछि चर्किएको जनआक्रोश नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि प्रशासनले अझै पनि दोष अरूमाथि थोपर्ने प्रयास जारी राखेकाले व्यवहारिक रूपमा कति परिवर्तन हुन्छ भन्ने प्रश्न उठिरहेको छ ।
मंगलबारदेखि यसको पहिलो परीक्षण देखिन सक्ने अनुमान गरिएको छ । सीमा सुरक्षा प्रमुख ग्रेगोरी बोभिनो र उनका केही एजेन्टहरू मिनियापोलिस छाड्ने तयारीमा छन् । ट्रम्पले सीमा ‘जार’ टम होमनलाई मैदानस्तरको कारबाही सम्हाल्न पठाएपछि बोभिनोको भूमिकामा कटौती गरिएको हो । यसलाई कठोर आप्रवासन नीतिबाट केही नरम धारतर्फको संकेतका रूपमा लिइएको छ ।
नेतृत्व परिवर्तनलाई गृह सुरक्षा मन्त्रालयका केही अधिकारीहरूले राहतका रूपमा लिएका छन् भने कंग्रेसका रिपब्लिकन नेताहरूले स्वागत गरेका छन् । प्रेट्टीको मृत्युअघि नै आप्रवासन कारबाहीबारे नकारात्मक जनधारणा बढ्दै गएकोप्रति ह्वाइट हाउस असन्तुष्ट रहेको बताइएको छ ।
यसैबीच, सोमबार ट्रम्पले मिनेसोटाका गभर्नर टिम वाल्जसँग फोनवार्ता गर्दै समन्वय बढाउने र केही संघीय एजेन्ट फिर्ता बोलाउने विषयमा छलफल गरेका छन् । ‘यो संवाद निकै राम्रो थियो,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण