सुदूरको पहाड यात्रामा बालेन, यस्तो छ बुधबारको कार्यतालिका
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशमा छन् । उनी चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका हुन् ।
आज कैलाली, कञ्चनपुरमा आयोजित कार्यक्रममा सहभागी भएका बालेन बुधबार भने सुदूरकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन् । बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउनेछन् ।
यस्तो छ कार्यतालिका
क्षेत्र: डडेलधुरा, बैतडी, दार्चुला र बझाङ
प्रदेश: सुदूरपश्चिम प्रदेश
बिहान ९ः३० बजे
तुफानडाँडा, डडेलधुरा– घण्टीघर (जिल्ला पार्टी सम्पर्क कार्यालय)
अपराह्न १२ः३० बजे
पाटन, बैतडी — पार्टी सम्पर्क कार्यालय
दिउँसो ४ः०० बजे
गोकुले, दार्चुला — पार्टी सम्पर्क कार्यालय
राति ८ः०० बजे
बुङ्गल, बझाङ
बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण