निर्वाचनमा कांग्रेसको नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ नीति बनाएको छ।
- उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले यो नीति तयार पारेको हो।
- नयाँ नीतिका अनुसार, कांग्रेसका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आ-आफ्नो क्षेत्रमा खटिनेछन्।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा 'जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ' भन्ने नीति बनाएको छ ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले यो नीति बनाएको हो ।
संयोजक शर्माका अनुसार कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आआफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् ।
‘कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आआफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन्,’ संयोजक शर्माले केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफलमा भने, ‘यो नीति माघ २१ गतेबाट लागू हुन्छ ।’
उपसभापति शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले तयार पार्न लागेको निर्वाचन परिचालन निर्देशिकामा यो उल्लेख रहेको संयोजक शर्माले बताए ।
निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको उनको भनाइ छ ।
निर्देशिकामा समेट्ने विषयबारे माघ १३ गते कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको छ । बुधबार गण्डकी प्रदेशसँग छलफल भइरहेको शर्माको सचिवालयले जानकारी दिएको छ ।
छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौँमा रहेका विभिन्न पेसा व्यवसायमा संलग्न काँग्रेसका शुभेच्छुक एवं युवाहरू सहभागी भइरहेका शर्माको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण