सरकारले चुनावबारे कूटनीति नियोगलाई जानकारी गराउने
बुधबार, १४ माघ २०८२, १७ : ३६
काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालको चुनावबारे कूटनीतिक नियोग तथा राजदूतावासलाई जानकारी गराउने भएको छ ।
भोलि बिहीबार परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी कूटनीति नियोगका प्रतिनिधि तथा राजदूतहरूलाई निर्वाचनबारे जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको हो । फागुन २१ गते प्रतिनिधि सभाको चुनावको तयारी, सहयोग र सद्भावबारे भोलि परराष्ट्र मन्त्री बालानन्द शर्माले ब्रिफिङ गर्ने बताइएको छ ।
उक्त कार्यक्रममा निर्वाचन आयोगका प्रतिनिधिसमेत रहने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रधाननमन्त्री सुशीला कार्कीले यसअघि नै नियोगका प्रतिनिधि तथा राजदूतहरूलाई बोलाएर छलफल गरी सहयोगका लागि आग्रह गरिसकेकी छन् । सहयोगका लागि प्रतिबद्धता आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण