कम्बोडिया–थाइल्यान्ड बिचकाे आरबीसी सचिवालय बैठक सीमा विवादबारे सहमति जुटाउन असफल
काठमाडाैँ । कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबिच कुनै पनि सहमति जुटाउन असफल भएको छ । कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले साे कुराकाे जानकारी दिएकी छन् ।
कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबिच आसियान पर्यवेक्षक टोलीको अवलोकनमा भएको जनाइएको छ ।
“दुवै पक्ष अझै साझा आधारमा पुग्न सकेका छैनन्, यद्यपि दुवै पक्ष सहमति नभए सम्म कागजात आदान प्रदान र वार्ता जारी राख्न आ–आफ्नो मुख्यालयमा फर्कन सहमत भएका छन् कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले विज्ञप्ती जारी गर्दै भनेकी छन् ।
सहमति पछि कम्बोडिया–थाइल्यान्ड आरबीसी बैठक र कम्बोडियाको पाँचौँ सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबिच औपचारिक हस्ताक्षर समारोह हुने उनले बताएकी छन् । कम्बोडिया र थाइल्यान्डले सशस्त्र द्वन्द्वको नयाँ चरणको तीन हप्ता पछि सन् २०२५ को डिसेम्बर –२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण