सामसुङ ग्यालेक्सी एस२६ मा ‘पिक्सेल लेभल’ गोपनीयता, अब अरूले स्क्रिन चियाउन नपाउने
काठमाडौँ । सामसुङले आफ्ना आगामी ग्यालेक्सी फोनहरूका लागि एक नयाँ र शक्तिशाली सुरक्षा फिचरको तयारी गरिरहेको छ।
कम्पनीले हालै एक ब्लग पोस्टमार्फत ग्यालेक्सी फोनहरूमा चाँडै नै ‘पिक्सेल लेभल’ मा काम गर्ने सुरक्षा फंक्सनहरू उपलब्ध गराउने पुष्टि गरेको हो।
यसको विस्तृत विवरण सार्वजनिक नगरिए पनि आगामी फेब्रुअरीको अन्त्यतिर हुने ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमा यसबारे थप जानकारी दिइने अपेक्षा गरिएको छ। सोही कार्यक्रममा नयाँ ग्यालेक्सी एस२६ सिरिज पनि सार्वजनिक हुने अनुमान छ।
सामसुङका अनुसार यो फिचरको मद्दतले प्रयोगकर्ताले सार्वजनिक स्थानमा बसेर आफ्नो फोनमा गोप्य पासवर्ड वा विवरणहरू टाइप गर्दा अरूले चियाएर हेर्न पाउने छैनन्। यसमा विशेष अप्सनहरू हुनेछन्, जसले प्रयोगकर्तालाई निश्चित एपहरूमा मात्र यो गोपनीयता फिचर लागू गर्न वा नोटिफिकेसन पप–अपहरूलाई सेन्सर गर्न अनुमति दिनेछ। यसले प्रयोगकर्ताको व्यक्तिगत जानकारीलाई थप सुरक्षित बनाउने कम्पनीको दाबी छ।
पछिल्लो समय बाहिरिएका सूचनाहरू अनुसार यो प्रविधिलाई ‘प्राइभेसी डिस्प्ले’ नाम दिइएको छ। यद्यपि सामसुङले यसबारे अझै स्पष्ट पारेको छैन।
फेब्रुअरीको अन्त्यसम्ममा कम्पनीले यो प्रविधिले कसरी काम गर्छ र कुन कुन मोडलमा उपलब्ध हुन्छ भन्नेबारे औपचारिक जानकारी दिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण