पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न
सारांश
- लिस्बनस्थित नेपाली दूतावासले पोर्तो क्षेत्रमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण शिविर सञ्चालन गर्यो।
- शिविरमा ५० जनाले ई-पासपोर्टका लागि आवेदन दिए, र झन्डै १०० जनाले विभिन्न सेवा लिए।
- शिविरबाट करिब १२ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भयो, जसले स्थानीय नेपालीलाई सुविधा पुर्यायो।
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बस्ने नेपालीलाई पायक पर्ने गरी राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिएको छ। दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविर सञ्चालन गरी सो क्षेत्रका नेपालीलाई घरदैलोमै सेवा उपलब्ध गराएको हो।
उक्त शिविरबाट ५० जना नेपालीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि बायोमेट्रिकसहितको आवेदन दिएका छन्। शिविरमा ८ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, १३ जनाको अन्य कागजात प्रमाणीकरण, ५० जनाको राहदानी आवेदन र १५ जनालाई राहदानी वितरण गरिएको थियो। दूतावासका नियोग उपप्रमुख शत्रुध्वनप्रसाद शर्मा पोखरेलका अनुसार शिविरबाट झन्डै १०० जना नेपालीले सेवा लिएका छन्।
शिविर सञ्चालन गर्दा सात हजार २८५ युरो अर्थात् करिब १२ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि राजधानी लिस्बनसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न पोर्तोमै पुगेर सेवा दिइएको पोखरेलले बताए। आफ्नै बसोबास क्षेत्रमा दूतावासको टोली आएर सेवा दिँदा त्यहाँका नेपालीले खुसी व्यक्त गरेका छन्।
शनिबार र आइतबार चलेको शिविरमा राहदानीको म्याद सकिएका, म्याद एक वर्षभन्दा कम भएका, बिग्रिएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन लिइएको थियो। यसका साथै तयार भइसकेका राहदानी वितरण र अन्य कागजात प्रमाणीकरणको काम पनि शिविरमै गरिएको थियो। यसअघि दूतावासले पोर्चुगलकै फारो र मदेइरामा पनि यसरी नै घुम्ती शिविरमार्फत सेवा दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण