सुदन गुरुङलाई सुरक्षा थ्रेट, मागे ‘पीएसओ’
बिहीबार, १५ माघ २०८२, १७ : ५९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागेका छन्।
- उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन्।
- रास्वपा जिल्ला सचिवालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै सुरक्षा व्यवस्थाको लागि आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।
गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न आग्रह गरेको हो ।
‘विभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनु हुन अनुरोध गर्दछु,’रास्वपा जिल्ला समिति सचिव मिलन रानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण