निवर्तमान सभापति देउवासँग संवादमा छु : गगन थापा
शुक्रबार, १६ माघ २०८२, १७ : ०४
सारांश
- गगनकुमार थापाले शेरबहादुर देउवासँग संवादमा रहेको बताए ।
- उनले कांग्रेसमा नेताहरूबीच मतभेद नभएको र पार्टी एक ढिक्का भएको कुरा गरे ।
- धनुषा-४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग संवादमा रहेको बताएका छन् ।
शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच मतभेद नभएको बताए । पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको थापाको भनाइ थियो ।
धनुषा–४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार छन् । ‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरू नेताहरूसँग पनि संवादमा छु,’ थापाले भने, ‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण