शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निवर्तमान सभापति देउवासँग संवादमा छु : गगन थापा

शुक्रबार, १६ माघ २०८२, १७ : ०४
शुक्रबार, १६ माघ २०८२

सारांश

  • गगनकुमार थापाले शेरबहादुर देउवासँग संवादमा रहेको बताए ।
  • उनले कांग्रेसमा नेताहरूबीच मतभेद नभएको र पार्टी एक ढिक्का भएको कुरा गरे ।
  • धनुषा-४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग संवादमा रहेको बताएका छन् ।

शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको थापाको भनाइ थियो । 

धनुषा–४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार छन् ।  ‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरू नेताहरूसँग पनि संवादमा छु,’ थापाले भने, ‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप