काठमाडौँ- ४ का कांग्रेस उम्मेदवार तिमल्सेना भन्छन् : भरत बनेर अयोध्या सम्हाल्छु
काठमाडाैँ । नेपाली कांग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरु विदेश पलायन हुनबाट नरोकिने बताएका छन् । शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ आफूले काम गर्ने प्रतिवद्धता जनाए । उनले युवा रोजगारीमा विशेष काम गर्ने बताए । उनले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा विशेष कारणले मिसनमा जानुभएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्यारुपी निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गरे ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएर प्रतिनिधिसभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रुपमा आफू उभिने बताए ।
उनले भने, ‘म सबैलाई साक्षी राखेर भन्न चाहन्छु । यो क्षेत्र अयोध्या हो । राम मिसनमा जानुभएको छ । भरतको रुपमा ५ वर्ष यो क्षेत्रलाई सम्हाल्नेछु । अब आउने प्रतिनिधिसभाको चुनावमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रुपमा म उभिनेछु ।’
उम्मेदवार तिमलसेनाले युवाहरुलाई उद्यमशिलतामा जोड्न आफूले काम गर्ने बताए । पहिलो पटक व्यापार गर्ने नवयुवाहरुलाई दुई वर्षको कर माफ गर्ने किसिमको कानून बनाउने दाबी गरे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण