हेटौँडा सडक विस्तार विवादसम्बन्धी मुद्दा सुनुवाइका लागि पेसी तोकियो
सारांश
- हेटौँडा बजार क्षेत्रको सडक विस्तारसम्बन्धी विवादको मुद्दामा आठौँ पटक सुनुवाइ हुने भएको छ।
- सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि रास्वपा नेतृ विन्दवासिनी कंसाकारसहित ६ जनाले रिट दायर गरेका थिए।
- सडक विस्तारको प्रक्रिया अघि बढेपछि स्थानीयले सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मुद्दा दायर गरेका थिए।
काठमाडौँ । हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवाद सम्बन्धी मुद्दाको सुनुवाइ अन्तरिम आदेश जारी भएपछि आठौँ पटक सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
यो मुद्दामा यसअघि एक पटक हेर्न नमिल्ने र ५ पटक हेर्न नभ्याइने र एक पटक मिसिल कागजात झिकाउने आदेश जारी गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले रिट दिएका थिए ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मङ्सिर १६ मा स्थानीयहरू सर्वोच्च पुगेका थिए । सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त मुद्दामा मङ्सिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो । मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण