मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

धरानपछि काठमाडौँ प्रवेश गर्‍यो हर्क साम्पाङको श्रमदान (तस्बिरहरू)

आइतबार, १८ माघ २०८२, १२ : ०२
आइतबार, १८ माघ २०८२

काठमाडौँ । धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौँ प्रवेश गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन्।

Sharamdan_Nepal Photo Library_Dhobikhola1

अभियानमा पार्टीका नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्यसँगै स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता रहेको छ। अमात्यका अनुसार पार्टीको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो। पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ।

Sharamdan_Nepal Photo Library_Dhobikhola2

काठमाडौँ क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए। यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र निरन्तर चलिरहने उनले बताए।

Sharamdan_Nepal Photo Library_Dhobikhola3

पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा सरसफाइ अभियानमा जोड्ने प्रयास भइरहेको अमात्यले जानकारी दिए। साथै, आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी बाट चुनाव लड्न लागेका हुन् ।

Sharamdan_Nepal Photo Library_Dhobikhola4Sharamdan_Nepal Photo Library_Dhobikhola5Sharamdan_Nepal Photo Library_Dhobikhola6Sharamdan_Nepal Photo Library_Dhobikhola7Sharamdan_Nepal Photo Library_Dhobikhola8Sharamdan_Nepal Photo Library_Dhobikhola9Sharamdan_Nepal Photo Library_Dhobikhola10Sharamdan_Nepal Photo Library_Dhobikhola11Sharamdan_Nepal Photo Library_Dhobikhola12Sharamdan_Nepal Photo Library_Dhobikhola13Sharamdan_Nepal Photo Library_Dhobikhola14

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप