आमाको नाम एपस्टिन फाइलमा आएपछि न्युयोर्कका मेयर ममदानीको विरोध
सारांश
- न्युयोर्कका मेयर जोहरान ममदानीले यौन दुराचारी जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ कागजातहरू सार्वजनिक भएपछि विरोधको सामना गरिरहेका छन्।
- मेयर ममदानीकी आमा र फिल्म निर्माता मिरा नायरको नाम इमेलमा समावेश भएको पाइएपछि उनलाई समर्थन गर्नेहरूले धोका महसुस गरेका छन्।
- सन् २००९ को इमेलमा बिल क्लिन्टन, जेफ बेजोस र मिरा नायर लगायतका व्यक्तिहरूको उपस्थिति रहेको पार्टीबारे उल्लेख गरिएको छ।
न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले यतिबेला विरोधको सामना गरिरहेका छन् । अमेरिकी न्याय मन्त्रालयले यौन दुराचारी जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ कागजातहरू जारी गरेपछि उनको विरोध भएको हो । पछिल्ला कागजातमा ममदानीकी आमा र प्रसिद्ध फिल्म निर्माता मिरा नायरको नाममा एक इमेल छ ।
आफूहरूले ममदानीलाई समर्थन गरेको तर अहिले धोका पाएको महसुस गरेको मेयरको सरकारी निवास ग्रेस मेन्सन बाहिर भेला भएका मानिसहरूको आरोप छ । ‘हामीले तपाईंलाई मतदान गर्यौं, तपाईंको पक्षमा बोल्यौँ... तर तपाईंले हामीलाई झूट बोल्नुभयो’ प्रदर्शनकारीले भनेका छन् ।
के हो मामिला ?
यो विवाद सन् २००९ को अक्टोबर २१ मा पठाइएको इमेलबाट उत्पन्न भएको हो । यो इमेल अमेरिकी पब्लिसिस्ट पेगी सिगेलले पठाएका हुन् । इमेलमा दोषी ठहरिएका यौन दुराचारी घिसलेन म्याक्सवेलको टाउन हाउसमा आयोजित फिल्म स्क्रिनिङ पछिको पार्टीबारे उल्लेख छ ।
इमेलका अनुसार, बिल क्लिन्टन, जेफ बेजोस, जीन पिगोजी र निर्देशक मिरा नायर सहित धेरै हाई–प्रोफाइल व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए । इमेलमा फिल्मको नाम उल्लेख गरिएको छैन । तर हिलारी स्वाङ्क र रिचर्ड गेर अभिनित मिरा नायरको फिल्म अमेलिया हुनसक्ने अनुमान गरिएको छ ।
गत शुक्रबार अमेरिकी न्याय मन्त्रालयले एपस्टाइनसँग सम्बन्धित रेकर्डहरूको विशाल सेट जारी गरेको थियो । एपस्टाइन फाइलको पारदर्शिता ऐन अन्तर्गत यी कागजपत्र सार्वजनिक गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को नोभेम्बर १९ मा यस कानुनमा हस्ताक्षर गरेका थिए ।
नयाँ कागजातहरूमा ३० लाखभन्दा बढी पृष्ठहरू, २ हजारभन्दा बढी भिडियो र लगभग १ लाख ८० हजार तस्बिरहरू समावेश छन् । यी रेकर्डहरू फ्लोरिडा र न्यूयोर्कका मुद्दाहरू, म्याक्सवेल विरुद्धको मुद्दा, एपस्टिनको मृत्युको अनुसन्धान, एफबीआई र महानिरीक्षकद्वारा गरिएको अनुसन्धानसहित धेरै स्रोतहरूबाट सङ्कलन गरिएको थियो ।
ममदानीको राजनीतिक यात्रा
३४ वर्षीय जोहरान ममदानीले जनवरी १ मा न्यु योर्क सहरको मेयरको पदभार ग्रहण गरेका हुन् । उनले चुनावमा पूर्व गभर्नर एन्ड्रयू कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गरे । उनी सहरका सबैभन्दा कान्छा र पहिलो मुस्लिम मेयर हुन् । एरिक एडम्सको सेप्टेम्बरमा चुनावको दौडबाट नाम फिर्ता लिएपछि ममदानीले उनको ठाउँमा चुनाव लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण