डिएभी अन्तरकलेज फुटसलको उपाधि समृद्धि स्कुललाई
काठमाडौं । डिएभी कलेजद्वारा आयोजित सातौँ डिएभी (+२) अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि समृद्धि स्कुलले जितेको छ । कलेजको आफ्नै फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समृद्धिले उपाधि चुमेको हो ।
प्रतियोगितामा हेराल्ड कलेज उपविजेता बनेको छ । उपाधिसँगै विजेता समृद्धि स्कुलले नगद ३ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हेराल्ड कलेजले नगद २ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
तीन दिनसम्म चलेको प्रतियोगितामा ४० वटा कलेजको सहभागिता थियो । समापन समारोहमा केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत र शिव शक्ति एडु मार्टका संस्थापक महेश गिरहियाले संयुक्त रूपमा विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूलाई पुरस्कृत गरिएको छ । जसमा समृद्धि स्कुलका कप्तान बोगटी ‘उत्कृष्ट खेलाडी’, हेराल्ड कलेजका निराजन मगर ‘उत्कृष्ट गोलरक्षक’ र एआइटीएम कलेजका सुशन बलामी ‘सर्वाधिक गोलकर्ता’ घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित यो प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले दाबी गरे ।
प्रतियोगिताको उद्घाटन गत माघ १६ गते केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, हिसानका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल सुमन बस्नेतले संयुक्त रूपमा गरेका थिए । उद्घाटन सत्रमा शिव शक्ति एडु मार्टका संस्थापक महेश गिरहिया तथा सुमेरु सिटी हस्पिटलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
-
दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
-
स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण, विषयगत अनुगमनमा बाधा
-
रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर
-
मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण