मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६ महिनामा भित्रियो १० खर्ब ६२ अर्ब रेमिट्यान्स

सोमबार, १९ माघ २०८२, १८ : ३७
सोमबार, १९ माघ २०८२

सारांश

  • चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेर १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
  • अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले बढेर ७ अर्ब ९० करोड पुगेको छ।
  • विप्रेषण आप्रवाह बढ्दा मुलुकको बाह्य क्षेत्र सन्तुलनमा महत्त्वपूर्ण योगदान पुगेको छ।

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । 

समीक्षा महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आयमा पनि सामान्य वृद्धि भएको छ । समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

विप्रेषणको आप्रवाह बढ्दा यसले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । विशेषगरी चालु खाता र शोधनान्तर स्थिति बचतमा राख्न विप्रेषणको भूमिका उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालनमा पनि विप्रेषणको प्रभाव परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप