६ महिनामा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब रुपैयाँ बचतमा
सारांश
- देशको शोधनान्तर स्थिति ५ खर्बभन्दा बढीले बचतमा रहेको छ।
- नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर २ खर्ब ४९ अर्बले बचतमा थियो।
- समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर ३ अर्ब ५४ करोडले बचतमा रहेको छ।
काठमाडौँ । देशको शोधनान्तर स्थिति ५ खर्ब रुपैयाँभन्दा बढीले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ५० खर्ब १ अर्ब २४ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता ४२९ अर्ब ९१ रुपैयाँ करोडले बचतमा रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ३ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १७ करोड भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण