जुम्लाका ५२ वटा मतदानस्थलअति संवेदनशील
मङ्गलबार, २० माघ २०८२, १४ : २५
सारांश
- जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५२ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ।
- सुरक्षा निकायले मतदानस्थललाई शान्तिपूर्ण बनाउन तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- जिल्लामा ७१ हजार ७३९ मतदातामध्ये महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ जना रहेका छन्।
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।
मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिए ।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको यहाँ जिल्लाभरि ८५ वटा मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशील रुपमा वर्गीकरण गरिएको हो । १८ वटा मतदानस्थललाई संवेदनशील रुपमा राखिएका छन् । १५ वटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको प्रनाउ रेग्मीले बताए ।
जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना छन् । त्यसमध्ये महिला मतदाता ३४ हजार २८० र पुरुष मतदाता ३७ हजार ४५९ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण